काठमाडाैं- काभ्रेपलाञ्चोकको साँगास्थित केन्द्रीय कार्यालयबाट सञ्चालन हुँदै आएको आशा लघुवित्त वित्तीय संस्था ले २ लाख ५९ हजार ७२३ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्यमा शेयर खरिद गर्न सक्नेछन्।
यसअघि संस्थापक शेयरधनीहरूका लागि प्राथमिक रूपमा बिक्री खुला गरिए पनि अपेक्षाकृत आवेदन नपरेपछि बाँकी शेयर अब अन्य लगानीकर्ताका लागि खुला गरिएको हो।
संस्थाले बिक्री खुला गरेको शेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्नेछ, जसका लागि संस्थाको केन्द्रीय कार्यालय, साँगा, काभ्रे मा आवेदन बुझाउनुपर्नेछ।
लघुवित्त क्षेत्रमा निरन्तर आकर्षण बढ्दै गइरहेका बेला आशा लघुवित्तको संस्थापक शेयर खरिद लगानीकर्ताहरूका लागि सुनौलो अवसर बन्न सक्ने विश्लेषकहरू बताउँछन्।
प्रतिक्रिया