माओवादी नेताको ठगी धन्दा : संयुक्त लगानीमा खोलिएको बार बेचेर तिलक लामा फरार !

बुधबार, २३ माघ २०८१, ०९ : ५९

काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेताहरुको एकपछि अर्को ठगी धन्दा बाहिरिने क्रम जारी छ । केन्द्रीय स्तरका नेतादेखि जिल्ला तहका नेता समेत कुनै न कुनै विवादास्पद कारोबारमा जोडिरहेको बेला फेरि अर्को ठगी धन्दा बाहिरिएको छ ।

बेलायतमा बसोबास गरिरहेका एक नेपालीको मुख्य लगानीमा खोलिएको बारको व्यवस्थापनको जिम्मा लिएका माओवादी नेताले सो बेचबिखन गरेर फरार भएको भन्दै पीडित लगानीकर्ता आजको अर्थको सम्पर्कमा आएका छन् ।

माओवादी काभ्रेका नेता तिलकबहादुर लामाले आफ्नो करोडौंको लगानीमा ठमेलमा खोलिएको राईम लाउञ्ज एण्ड बार बेचेर फरार भएको आजको अर्थको सम्पर्कमा आएकी बेलायत निवासी मिरा तामाङले दुखेसो पोखिन् । उक्त बार बेचेर फरार भएका लामा संविधान सभा सदस्य सन्तुमाया तामाङका श्रीमान हुन् ।

बेलायत निवासी तामाङले माओवादी बागमती प्रदेश समितिमा समेत उजुरी दिएकी छिन् । तर पार्टीले त्यस बारे कुनै कदम अघि नबढाएको उनको गुनासो छ । 

यस विषयमा लामासँग सम्पर्क गर्दा उनले मिरा तामाङसहित अन्यको संयुक्त लगानीमा बार खोलिएको र सञ्चालन गर्न नसकेपछि सबैको सहमतिमा बिक्री गरिएको बताए । उनले बार सञ्चालनका लागि लगानी गर्ने पर्याप्त रकम नहुँदा बीचैमा सबैको सहमतिमा बिक्री गरि हिसाब मिलान गरिएको दाबी गरे ।

बार सञ्चालन गर्न नसकिएपछि बिक्री गर्दा लगानी गरिएको रकम भन्दा कम रकम प्राप्त भएकाले मिरा तामाङ र उनका श्रीमान नविन तामाङले असन्तुष्टिस्वरुप आफूमाथि ठगीको आरोप लगाइएको लामाको भनाइ छ ।

2

3

muda

 

बुधबार, २३ माघ २०८१, ०९ : ५९

प्रतिक्रिया