काठमाडौं- सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकसँग सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयले दिएको जानकारीअनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।
बिहीबार संसद बैठक बस्ने भएपछि त्यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरूबाट चर्को विरोध भइरहेको छ ।
प्रतिक्रिया