रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित

बुधबार, २३ माघ २०८१, १० : ३३

काठमाडौं- सहारा सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि जिल्ला अदालत चितवन पुगेका छन्।

मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएपछि रवि लामिछाने चितवन आएका हुन्।

मंगलबार चितवन जिल्ला अदालतमा सहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध ठगी मुद्दा दायर भएको थियो। 

लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन्।

बुधबार, २३ माघ २०८१, १० : ३३

प्रतिक्रिया