पोखरा फाइनान्सका सीइओ गुरुङ पदमुक्त

विहीबार, २४ माघ २०८१, ११ : ३१

काठमाडौं - पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधवार साँझ, संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औँ सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

गुरुङलाई पदमुक्त गर्नुको कारण भने संस्थाले सार्वजनिक गरेको छैन। तर, पछिल्लो समय कम्पनीको वित्तीय अवस्था दर्दनाक अवस्थामा पुगेपछि गुरुङको चौतर्फी आलोचना भइरहेको हो ।

सञ्चालक समितिको निर्णयअनुसार संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरिएको छ। यो निर्णय पनि माघ २३ गतेदेखि नै लागू हुनेछ।

Capture

विहीबार, २४ माघ २०८१, ११ : ३१

प्रतिक्रिया