काठमाडौं - नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीले ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.९७ प्रतिशतको वृद्धि हो। गत वर्षको पुस महिनासम्म कम्पनीले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १५.७६ प्रतिशत घटेको छ । कम्पनीको सेवा शुल्क तथा कमिसन आम्दानी १८७.३१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १२.४३ प्रतिशत, कुल खर्च ६.१४ प्रतिशत बढेको छ।
नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी भने १ रुपियाँ ३५ पैसा घटेर १९ रुपैयाँ २० पैसामा सीमित भएको छ। यस अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १८ पैसा रहेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ, जसले आगामी योजनाहरू र योजनाबद्ध वृद्धिका लागि आधार प्रदान गर्नेछ।
प्रतिक्रिया