काठमाडौं - राष्ट्रियसभामा दुई विधेयक पेस गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका हुन् । यसै गरी शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरिन् ।
प्रतिक्रिया