माग पूरा नगरे सबै एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी

विहीबार, २४ माघ २०८१, १५ : ५२

काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । उक्त माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिइएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधन लगायतका मागहरू सहित सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधन लगायतका माग सहित सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए । साथै उनले उक्त माग पुरा नभए उद्योग बन्द गर्ने जानकारी दिए ।

उनले २०८१ साल माघ ३० गते बुधवारदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरूले नेपाल आयल निगम बाट प्रडक्ट डेलिभरी अडर  खरिद नगर्ने  बताए । २०८१ फागुन १ गते बिहीबार देखि २०८१ फाल्गुण ५ गते सोमबार सम्म सबै ग्याँस उद्योगहरूले विरोधका कार्यक्रमहरू बारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरू मार्फत र  प्रचार प्रसार गर्ने बताए ।

२०८१ फागुन ६ गते मङ्गलवार देखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने बताए ।

२०८१ फागुन १२ गते सोमबार देखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरू कुनै पनि भन्सार नाका बाट नछुटाउने, १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने  जानकारी दिए । यसैगरी फागुन २२ गते शनिवार देखि देश भरका ग्याँस बिक्रेता डिपोहरूले सम्पूर्ण बन्द गरिदिन समेत अनुरोध गर्ने घोषणा गरे ।

विहीबार, २४ माघ २०८१, १५ : ५२

प्रतिक्रिया