रवि लामिछाने चितवन जिल्ला अदालतबाट ५४ लाख धरौटीमा रिहा

विहीबार, २४ माघ २०८१, १८ : १०

 

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले धरौटी माग गरेको छ ।  चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।

उनलाई लगातार जिल्ला अदालतहरूले धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् । शुरुमा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो भने पछिल्लो पटक बिहीबार चितवन  जिल्ला अदालतले पनि धरौटी माग गरेको हो । अनुसन्धान भइरहेका स्थानमध्ये उनी विरुद्ध पर्सा जिल्लामा भने मुद्दा बाँकी नै रहेको छ।

विहीबार, २४ माघ २०८१, १८ : १०

प्रतिक्रिया