‘क्यान इन्फोटेक २०२५’ को माध्यमबाट सूचना प्रविधिलाई चिनाउँदै क्यान महासंघ (तस्बिरसहित)

विहीबार, २४ माघ २०८१, १८ : १६

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गते बिहीबारदेखि क्यान इन्फोटेक २०२५ सुरु भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को आयोजनामा माघ २८ गतेसम्म सुचना तथा प्रविधिको प्रदर्शनी गर्नका लागि इन्फोटेक सुरु भएको हो । 

3b953578-d394-4f7b-8dd9-9a7ec19e0434

क्यान महासंघका उपाध्यक्ष तथा क्यान इन्फोटेक–२०२५ का संयोजक नबिन जोशीले ३० औँ संस्करणको क्यान इन्फोटेकले डिजिटल नेपाल निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको साथै बजारमा नपुगेका सुचना प्रविधिहरु चिन्ने र चिनाउने माध्यम इन्फोटेक हुने बताए । 

उनले भने, ‘अब जीवनको हरेकपक्षमा सुचना प्रविधि महत्व बढ्दै गएको छ । क्यान इन्फोटेक व्यापारी, वैज्ञानिक, सफ्वेयर निमार्णकर्ता र प्रयोगकर्ता तथा अनुगमनकर्ताको माध्यम बन्नेछ ।’ 

क्यान इन्फोटेकका लागि सहकार्य गरेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सहअध्यक्ष दिलिप सुब्बाले पनि नास्टले पनि विज्ञान प्रविधिकै क्षेत्रमा काम गर्दै आएकोले सहकार्य गरेको भन्दै क्यान इन्फोटेकको माध्यमबाट उदाउँदै गरेका वैज्ञानिकहरुलाई विशेष फाईदा पुग्ने बताए । 

19a8b976-a206-4937-9607-ef48477d1e8f

क्यान महासंघका महासचिव चन्द्र बिलास भुर्तेलले यसपटकको क्यान इन्फोटेकले सुचना तथा सञ्चारबारे चेतना बढाउने अभिप्रायले नेपालमा बनेका नयाँ तथा पुराना सफ्टवेयरहरुलाई विशेष महत्व दिएको जानकारी दिए । नेपालका विभिन्न कलेज तथा विश्वविद्यालयहरुको हौसला बढाउनका लागि विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरुलाई निशुल्क स्टल दिएको उनको भनाई छ । 

047f6889-da94-448c-90bf-1d436caaa1a7

सफ्टवारिका कलेज अफ आईटीबाट हालै आईटीको अध्ययन सकेका अभिषेक बिमली र उनका ४ जना साथीहरु मिलेर एक रोवोर्ट टिचर बनाएका छन् । अहिले प्रदर्शनीमा राखिएको उक्त रोवोर्टले पढाउनु पर्ने विषयको कन्सेप्ट दिएपछि सम्पूर्ण पाठ पढाइदिन्छ । उक्त रोवोर्ट टिचरले एउटा कक्षा लिदैँ आएको अभिषेक बिमली बताए । विद्यार्थीहरुले उत्साहकासाथ रोवोर्टलाई बुझ्न खोजेको अनुभव सुनाउँदै विभिन्न क्षेत्रका मानिसहरुले सहकार्यका लागि प्रस्ताव राख्दा प्रदर्शनीले आफूलाई फाईदा पुग्ने बताए । 

6af1dc0d-5c55-4d0e-b994-a29508c23dff

प्रदर्शनीमा राष्ट्रिय परिचयपत्र विभागको स्टल राखिएको छ । जहाँबाट एकैठाउँमा नागरिकहरुले राष्ट्रिय परिचयपत्रको विवरण भर्ने र फोटो खिच्नेसम्म गर्न पाउँछन् । सामाजिक सञ्जाल फेसबुकमा क्यान महासंघले विवरण राखेको देखेपछि प्रदर्शनीमा पुगेका राष्ट्रिय परिचयका लागि फोटो खिचाउन लाइन लागेका पाल्पाका अनिल रायमाझी र बाग्लुङकी संगम रानाले क्यान इन्फोटेकबाट धेरै समय लाग्ने काम एकैछिनमा गर्न पाउँदा खुसी लागेको सुनाए । 

आईटीको विश्वव्यापीकरण बढिरहेको समयमा ३० औं संस्करणको क्यान इन्फोटेक प्रविधिको क्षेत्रमा भएका कामहरुको प्रगति देखाउने माध्यम बन्ने देखिन्छ ।

8da0b4e7-11a8-4971-940a-e8eb9b818710

विहीबार, २४ माघ २०८१, १८ : १६

प्रतिक्रिया