काठमाडाैं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरि पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली देखिएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको पनि जानकारी दिइएको छ।
आज दिउँसो, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहने अपेक्षा गरिएको छ।
आज राति, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा केही बदली हुने देखिए तापनि अधिकांश क्षेत्रमा फेरि मौसम सफा रहनेछ।
काठमाडौं उपत्यकामा आज मौसम सफा रहने अनुमान गरिएको छ। बिहान तापक्रम लगभग १५ डिग्री सेल्सियसदेखि बढेर दिउँसो २८ डिग्री सेल्सियसको बीच रहने अपेक्षा छ। आकाशमा कहिलेकाहीं बादल देखिए तापनि सामान्यतया उज्यालो रहिरहनेछ।
शनिबार बिहान तराई क्षेत्रमा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा असर पर्नसक्ने चेतावनी दिइएको छ। सम्बन्धित सबै नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
प्रतिक्रिया