काठमाडौं - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार संस्थाले यो अवधिमा लघुवित्तले यो अवधिमा ६ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा हासिल गरेको २ लाख ४८ हजार रुपैयाँ नाफाको तुलनामा निकै कमजोर प्रदर्शन हो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा समेत नकारात्मक भएर ६ करोड ८६ लाख रुपैयाँ घाटा भएको छ। यस अवधिमा संस्थाको ब्याज आम्दानी उल्लेखनीय रूपमा बढे पनि सञ्चालन घाटा र वितरणयोग्य मुनाफाको ऋणात्मक अवस्थाले वित्तीय अवस्था दबाबमा रहेको देखिन्छ।
आर्थिक वर्ष २०८१\८२ को दोस्रो त्रैमाससम्म नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाले ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा ३ करोड ५४ लाख रुपैयाँ रहेको थियो।यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३३ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २४ करोड २५ लाख रुपैयाँको तुलनामा १६१.३४ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.४७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ८.८३ प्रतिशत थियो।संस्थाको चुक्तापुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले ११ अर्ब २४ करोड ९९ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः ११ अर्ब २ करोड ८२ लाख रुपैयाँ र २० अर्ब १४ करोड २२ लाख रुपैयाँ थियो।
दोस्रो त्रैमाससम्म वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.९७ रुपैयाँले ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष ६।७८ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १८४.२४ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया