पाँचथर पावर कम्पनीमा नयाँ सञ्चालक समिति गठन

शुक्रबार, २५ माघ २०८१, १२ : ३४

काठमाडौं - राजेश कुमार श्रेष्ठको नेतृत्वमा पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति गठन भएको छ । कम्पनीको माघ २४ गते बसेको नवौं वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो।

श्रेष्ठ आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै, संस्थापक समूहबाट रघु नाथ पुरी, हिमा तिम्सिना, यज्ञ प्रसाद चापागाईं र निश्चल खरेल सञ्चालक नियुक्त भएका छन् ।

त्यस्तै, स्वतन्त्र सञ्चालकमा प्रकृति राज तिमिल्सिना र सर्वसाधारण समूहबाट साजन काफ्ले नियुक्त भएका हुन् । चयन भएका नयाँ सञ्चालकहरुको कार्यकाल ४ वर्षका लागि हुने जनाइएको छ ।

शुक्रबार, २५ माघ २०८१, १२ : ३४

प्रतिक्रिया