निजी काममा सरकारी गाडी प्रयोग गर्दा मन्त्री पद खुस्कियो

शुक्रबार, २५ माघ २०८१, १२ : ३४

काठमाडौं- अस्ट्रेलियाकी यातायात मन्त्री माननीय जो हेल्यानले निजी प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्दा आफ्नो मन्त्रि पद गुमाउनु परेका छ ।  बुधबार राजीनामा दिएकी उनले गत जनवरी २५ मा हन्टर भ्यालीमा  आयोजना गरिएको एक निजी पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुबिधा लिएकी थिइन् । 

उनले अस्ट्रेलिया दिवसको पूर्व सन्ध्यामा आयोजित भोजमा आफू र आफ्ना आफन्तका लागि सरकारी चालक सुबिधा लिएकोमा निकै आलोचना भयो।  उनले अस्ट्रेलियाका जनता र करदाताको अबमूल्यन गरेकोमा आलोचनाभएपछि मुख्यमन्त्री क्रिस मिन्सले राजिनामा दिन लगाएका थिए।  

उनले आफुले गल्ति गरेको स्वीकार गर्दै भनिन् “मानिस पूर्ण हुदैनन् , मैले गल्ति गरे , अघिल्लो सरकार भन्दा हामीले राम्रो गर्नु छ त्यसकारण म राजिनामा दिन्छु।  उनलाई उनका बच्चालाइ खेलकुद मैदान सम्म लैजान सरकारी चालक सुनिधा लिएको पनि आरोप लाग्यो।’,उनले भनिन, ’मैले कहिलेकाही आमाको जिम्मेवारीमा रहेर मेरा श्रीमान् लाइ  पालोदिदा म राज्यको मन्त्रि हुँ भन्ने बिर्सेछु। त्यो मेरो कमजोरी थियो।’ 

उनले आफूले मन्त्रीको जिम्मेवारीमा रहदा राम्रो काम गरेको पनि बताइन् ।  उनले सिड्नी रेलका कर्मचारीको यातायात ठप्प गरिदिने चेतावनी पनि व्यहोरिन्।  
 
 

शुक्रबार, २५ माघ २०८१, १२ : ३४

प्रतिक्रिया