काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डा .बन्दनाकुमारी जैन चयन भएकी छन् ।
सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रूपमा त्रिभुवन विश्व विद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनीत गरेको हो। जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनीत गरेको लघुवित्तले जनाएको छ ।
जैनले जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालकको शपथग्रहण पनि गरेकी छन् । व्यवस्थापन संकायबाट विद्यावारिधी गरेकी जैन डिग्री क्याम्पस विराटनगरमा प्राध्यापन गराउँछिन् ।
प्रतिक्रिया