काठमाडौं - भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्यको मनोनयन गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विभिन्न जिल्लाका लागि उक्त संख्यामा सदस्यको मनोनयन गरेका हुन्।
भूमि आयोगको जिल्ला समितिमा अध्यक्षका साथै एक जना विज्ञ र एक जना महिला सदस्यको नियुक्ति गर्नुपर्ने व्यवस्था छ। यसरी मनोनयन गरिएका सदस्यहरूले स्थानीय भूमि व्यवस्थापन र सम्बन्धित कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
यस अघि, सरकारले देशका ७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्षको नियुक्ति गरिसकेको छ। साथै, केन्द्रमा भूमि आयोगको अध्यक्ष र सदस्यहरू पनि नियुक्त भइसकेका छन्।
प्रतिक्रिया