काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री श्री रामनाथ अधिकारीले आज चितवनमा आयोजित पहिलो राष्ट्रिय डेरी एक्स्पो २०८१ का अवसरमा एक महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस सम्झौतामा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने सहमति व्यक्त गरेका छन्। सम्झौतामा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडका प्रदेश प्रमुख श्री सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै "बैंक अफ द इयर २०२३" को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई 'विश्वास लिन्छौं, विश्वास दिन्छौ' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया