काठमाडौं- युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपाली स्वदेश फर्किएका छन् । दोलखाका शेर शाङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा आज नेपाल फर्किएका हुन् ।
अध्ययनको क्रममा त्यहाँ पुगेका उनीहरुलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा युक्रेनी सेनाले ९ महिनासम्म नियन्त्रणमा लिएको थियो । गैर आवासीय नेपाली संघ(एनआरएनए) र जर्मनस्थित नेपाली राजदूतावासको सहयोगमा उनीहरु रिहा भएर स्वदेश फर्किएका हुन् ।
उनीहरुको हवाईजहाज टिकटको प्रबन्ध पनि एनआरएनएले गरेको थियो ।
प्रतिक्रिया