काठमाडौं- सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा लागेको आगो बारुणयन्त्रको सहायताले नियन्त्रणमा लिइएको हो।
उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आइसकेको छैन भने आगलागीको कारण पनि पत्ता लागेको छैन ।
मन्त्रालयको उक्त भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।
प्रतिक्रिया