सामाजिक सञ्जाल विधेयकविरुद्ध अनलाइन टीभी पत्रकार सडकमा

आइतबार, २७ माघ २०८१, १५ : १५

काठमाडौं- सामाजिक सञ्जाल विधेयक फिर्ताको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा अनलाइन टीभी पत्रकार संघ नेपालको अग्रसरतामा प्रदर्शन भएको हो।

संघका पत्रकारहरुले जनताको मुख नथुन, सरकारबाट झरेपछि तिमी आफैँ बोल्नुपर्छ, सरकारले मुख थुन्दैछ, लोकतन्त्र ह्याक हुँदैछ, सामाजिक सञ्जाल विधेयक, २०८१ नियमनको आवरणमा नियन्त्रण, सत्तामा हुँदा जनताको मुख थुन्छौ, विपक्षमा पुगेपछि तिमी आफैँ रुन्छौ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

आइतबार, २७ माघ २०८१, १५ : १५

प्रतिक्रिया