नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

आइतबार, २७ माघ २०८१, १६ : ३०

काठमाडौं - काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध नयाँ भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसअघि, मेयर बस्नेतविरुद्ध ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको थियो। 

आइतबार, २७ माघ २०८१, १६ : ३०

प्रतिक्रिया