डिप्रोक्स लघुवित्तको नाफा बढ्यो, वित्तीय विवरण सार्वजनिक

सोमबार, २८ माघ २०८१, १० : ३३

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। 

उक्त वित्तीय विवरणअनुसार, कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासिकको तुलनामा १०२.४९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा १२ करोड १३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेको हो। 

कम्पनीको नाफा वृद्धिमा सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा भएको वृद्धि प्रमुख कारण बनेको छ। गत आवमा कम्पनीको सञ्चालन नाफा १७ करोड ३३ लाख रुपैयाँ रहेकोमा, चालु आवमा यसले बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५८ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालु आवमा ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वितरणयोग्य नाफा ४२ करोड ३० लाख रुपैयाँ रहेको छ। हाल, डिप्रोक्स लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ, जबकि कम्पनीको सञ्चित मुनाफा ४२ करोड ३० लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।

कम्पनीले ११ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन र २४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ। यससँगै, नाफा वृद्धिका कारण कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। कम्पनीको ईपीएसगत आवमा १५ रुपैयाँ ६४ पैसा रहेकोमा चालु आवमा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार ४९९ रुपैयाँ २० पैसा रहेको छ भने निष्क्रिय कर्जा दर ६ दशमलव ०९ प्रतिशत रहेको छ ।

सोमबार, २८ माघ २०८१, १० : ३३

प्रतिक्रिया