नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आज

सोमबार, २८ माघ २०८१, १० : ३६

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण आज बस्दैछ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजेबाट सुरु भएको छ ।

सभामा कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

सभामा आर्थिक वर्ष २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 

सभा प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सोमबार, २८ माघ २०८१, १० : ३६

प्रतिक्रिया