काठमाडौं- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको कर्मचारी नेपाल सेवा नियमावाली २०५२ लाई संसोधन गर्ने क्रममा गरेको हस्ताक्षर विवादपछि त्रुटी सच्याएका छन् ।
श्री ५ को सरकार लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएपछि मन्त्री चौधरी विवादमा तानिएका थिए । आफुले भुलबस टाइपिङमा समस्या भएको कागजातलाई प्रमाणीकरण गरेको भन्दै मन्त्री चौधरीले आज उक्त त्रुटी सच्याएका हुन् ।
उनले नेपाल स्काउटलाई पत्र लेख्दै, '२०८१ स्काउट राष्ट्रिय परिषद्को बैठक २०८१ कार्तिक १० बाट संसोधित, नेपाल स्काउट कर्मचारी सेवा नियमावाली २०५२ संशोधन २०८१ को अनुसुची ४ (क) को १ र ऐ. ४ (ख) को ४ मा टाइपमा त्रुटी भई नेपाल सरकार लेखिनुपर्नेमा श्री ५ को सरकार लेखिन गएकाले उक्त श्री ५ को सरकार शब्दावली नेपालको संविधान २०७२ भाग–१ धारा–१ मा “यो संविधान नेपालको मूल कानुन हो, यस संविधानसँग बाँझिने कानुन बाँझिएको हदसम्म अमान्य हुनेछ” भन्ने व्यवस्था विपरीत रहेको पाइएकाले उक्त त्रुटी सच्चयाइ नियमावलीमा उल्लेखीत श्री ५ को सरकार लेखिएको शब्दावलीको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरि कार्यान्वयनका लागि पठाइएको’ जानकारी गराएका छन् ।
यसै सन्दर्भमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले टाइप त्रुटी भएको कागजातको बिषयलाई नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्र राज रंजितले सुनियोजित ढंगबाट बिषयलाई अतिरंजित गरि आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले प्रमुख आयुक्त रंजितको असक्षमताले गर्दा नै विगत केही समयदेखि स्काउटमा विवाद बढेको समेत बताएका छन् ।

_fRzjN92upe.jpg)
प्रतिक्रिया