काठमाडौं - कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घरका २० वर्षीय भीम बहादुर घले गम्भीर घाइते भएपछि कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ग्यास सिलिन्डर विष्फोटबाट अन्य ९ जना घाइते भएका छन्, जसको उपचार विभिन्न अस्पतालहरूमा भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया