काठमाडौं - युरोपेली मुलुक डेनमार्क एक पटक पुनः विश्वकै कम भ्रष्टाचार हुने देशको रूपमा प्रतिष्ठित भएको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक अनुसार, डेनमार्कले १०० मा ९० अंक प्राप्त गरेर विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा दर्ज भएको हो । डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर रहँदै आएको छ ।
विगत ५ वर्षमा १८० देशहरूको बीचमा सात मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकांकमा उल्लेख्य सुधार गरेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार, विश्वका अधिकांश देशहरूले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। यस वर्षको औसत अंक ४३ रहेको छ।
यस्तै साउथ सुडान भने विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा दर्ज भएको छ । सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा परेको छ । नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ ।
गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
प्रतिक्रिया