एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता सेयर रूपान्तरण हुँदै

मंगलबार, २९ माघ २०८१, १२ : २५

काठमाडौं - एनआईसी एशिया लघुवित्तले आफ्नो साढे चार लाख कित्ता सेयरलाई साधारण शेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। 

नेपाल राष्ट्र बैंकले ४ लाख ५७ हजार ८२१ दशमलव ३८ कित्ता सेयर साधारण शेयरमा रूपान्तरण गर्न स्वीकृति दिएको हो। यो कुल सेयरको २.६३ प्रतिशत बराबर हुन्छ। यो रुपान्तरणसँगै साधारण सेयरको हिस्सा ३४.४४ प्रतिशत पुग्नेछ ।

अहिले रूपान्तरण हुन लागेको संस्थापक सेयर सबै संस्थापक सेयरधनीलाई संस्थापक सेयरको हिस्साको आधारमा समानुपातिक रूपमा वितरण हुने जनाइएको छ । अहिले एनआईशी एशियाको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । 

एनआईसी एशिया बैंकले यसअघि स्वदेशी लघुवित्तलाई आफूमा गाभेको थियो । उक्त लघुवित्तलाई एक्लाएर गर्दा फेरिएको सेयर हिस्सालाई मिलाउन यस्तो रूपान्तरण गर्न लागिएको हो ।

मंगलबार, २९ माघ २०८१, १२ : २५

प्रतिक्रिया