समृद्धि फाइनान्स मधुबन शाखाद्वारा व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

मंगलबार, २९ माघ २०८१, १२ : ४८

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेड, मधुबन शाखाले माघ २८ गते स्थानीय व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा २४ जना स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।

समृद्धि फाइनान्सले व्यवसायीहरूको बैंकप्रति रहेका अपेक्षाहरू बुझ्न तथा वित्तीय क्षेत्रमा बैंकको योगदानलाई अझ प्रभावकारी बनाउनका लागि कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागी व्यवसायीहरूले वित्तीय सेवा, सहुलियतपूर्ण कर्जा, डिजिटल बैंकिङ, तथा अन्य सुविधासम्बन्धी आफ्नो विचार तथा सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा मधुबन शाखाका प्रमुखले व्यवसायीहरूको सुझावलाई संस्थागत सेवामा समावेश गर्दै वित्तीय सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। समृद्धि फाइनान्सले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिङ र मोबाइल बैंकिङ , डेबीट कार्ड, क्यू .आर कोड  जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
 

मंगलबार, २९ माघ २०८१, १२ : ४८

प्रतिक्रिया