काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ ।
संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा नं ९ स्थित होटल न्यू ईरामा अपराह्न १ः०० बजे बस्ने जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गतेदेखि सेयरधनी दर्ता किताब बन्द हुनेछ ।
नेपाल स्टक एक्सचेन्जमा फागुन ५ गतेसम्म कारोबार भई नामसारी गरिएका सेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुने छन्।
प्रतिक्रिया