विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमय दर कति ?

बुधबार, ३० माघ २०८१, ०८ : ४७

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार सन् २०२५ फेब्रुअरी १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार लगातार बढिरहेको अमेरिकी डलर बुधबार घटेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम थियो भने बुधबार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ६३ पैसा र बिक्री दर १३९ रुपियाँ २३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपियाँ २ पैसा र बिक्री दर १४३ रुपियाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपियाँ४० पैसा र बिक्री दर १७२ रुपियाँ१४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ २ पैसा र बिक्री दर ३८ रुपियाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् आजको मुद्रा विनिमय दर 

10-30

बुधबार, ३० माघ २०८१, ०८ : ४७

प्रतिक्रिया