काठमाडौं- सागर ग्रुपले आयोजना गरेको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आज अन्तिम दिन हो ।
बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले एक्स्पोको आयोजना गरेको हो । माघ २३ गतेबाट सुरु भएको एक्स्पो माघ २९ गतेसम्म अर्थात् ७ दिनका लागि आयोजना गरिएको भएपनि ग्रुपले १ दिन थप गरी ८ औं दिनमा समापन गर्न लागेको हो ।
अवलोकलनकर्ताहरुको अपेक्षा गरेकोभन्दा बढी नै आगमन हुँदा १ दिन थप गरेको सागर ग्रुपका व्यवसाय विकास प्रबन्धक सुमित भाजु लामा बताउँछन् । उनले भने,‘यसपटकको एक्स्पोमा सोचेको भन्दा बढीले नै भिजिट गर्नु भयो, हामीले एक्स्पोमा इन्भाइट गरेको व्यक्तिहरु मात्र आउनु हुन्छ भन्ने सोचेका थियौँ तर मिडिया तथा सामाजिक सञ्जालमार्फत् पनि धेरै नै भिजिटर आउनु भएपछि हामीले एकदिन थपेका थियौँ। हिजो ७ दिन हुँदासम्म करिब ७ सय जनाले एक्स्पोमा भिजिट गर्नुभएको छ ।’
आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र विस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरको कम्पनीले बताएको थियो । कम्पनीले एक्स्पोबाट ब्रदर टोनर बक्स सिरिजका ६ वटा मोडलका र बहुचर्चित प्रिन्टर ब्रान्ड कोनिका मिनोल्टा ब्रान्डका ३ वटा मोडलका प्रिन्टर सार्वजानिक गरेको छ ।
कोनिका मिनोल्टा बीएच-सी२२६आई कलर फोटोकपी मेसिन, कोनिका मिनोल्टा बीएच-३०६आई-डब्लू फोटोकपी मेसिन र कोनिका मिनोल्टा बीएच-२२५बी-डब्लू फोटोकपी मेसिन मोडलका प्रिन्टर बजारमा आएका हुन् । ब्रदर टोनर बक्स सिरिजमा भने ब्रदर डीसीपी-बी ७६२० डीडब्लू ३-इन-१ लेजर प्रिन्टर-मोनो, ब्रदर डीसीपी-बी७६४०डीडब्लू ३-इन-१ लेजर प्रिन्टर-मोनो र ब्रदर एमएफसी-बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर-मोनो मोडलका प्रिन्टर रहेका छन् । उक्त सिरिजमै ब्रदर एचएल-बी २१००डी लेजर प्रिन्टर-मोनो, ब्रदर एचएल-बी २१५०डब्लू लेजर प्रिन्टर-मोनो र ब्रदर एचएल-बी २१८०बीडब्लू लेजर प्रिन्टर-मोनो मोडलको प्रिन्टर रहेको छ ।
विगतका वर्षहरुबाट नै व्यावसायिक उपभोक्ता तथा इन्टरप्राइजेजहरूको पहिलो रोजाइमा पर्न सफल ब्रदरका यी प्रिन्टर अपडेटसहित यो ग्रुपले बजारमा ल्याएको थियो । त्यस्तै कोनिका मोनोल्टाको प्रिन्टर उत्कृष्ट पर्फर्मेन्सका साथै मूल्यका हिसाबले पनि औसत रहेको जानकारी ग्रुपले दिएको थियो ।
एक्स्पो अवधिभर ब्रदर प्रिन्टरको खरिदमा सागर ग्रुपले ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि मिलाएको थियो । नेपाली बजारको सर्वाधिक लोकप्रिय प्रिन्टर ब्रान्ड ब्रदरले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै छुटको व्यवस्था मिलाएको हो । त्यस्तै कोनिका मिनोल्टा ब्रान्डका पिन्टरको खरिद गर्दा एक्स्पोमा उपभोक्ताहरुले २० प्रतिशत छुट दिइएको थियो । एक्स्पोको समयबाहेक अरुसमयमा पनि सागर ग्रुपले १० प्रतिशत छुट दिने गरेको ग्रुपका व्यवसाय विकास प्रबन्धक लामाले जनकारी दिए ।
नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको सागर ग्रुपको तेस्रो संस्करणको एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिएको थियो । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध थिए । यो पटकको एक्स्पोको आकर्षणमा भर्खरै लन्च भएका ब्रदर र कोनिका मिनोल्टा ब्रान्डका प्रिन्टरहरु परेको ग्रुपका व्यवसाय विकास प्रबन्धक लामाले बताए ।
एक्स्पोमार्फत् ग्राहकहरु सागर ग्रुपप्रतिको विश्वास कति रहेछ र ग्राहकहरुको आवश्यकता र रुचि कस्तो वस्तुमा रहेछ भन्ने कुरा पनि एक्स्पोमार्फत् बुझ्न सहज भएको उनको भनाई छ । ‘एक्स्पोको अवसरका हामीले ग्राहकले के खोजिरहनु भएको छ अब बजारलाई कस्ता किसिममा सामानहरु आवश्यक छ भन्ने त थाहा पाउने नै भयौँ । यसको साथै हामीले यो एक्स्पोबाट चै ग्राहकहरुको हामीप्रति कति विश्सास रहेछ भन्ने पनि बुझ्ने अवसर पायौँ । अपेक्षा गरेको भन्दाबढी भिजिटरको उपस्थिति पनि हामीप्रति ग्राहकले गरेको विश्वास हो ।’ उनले भने,‘यो नै हामीले दिएको सेवाको गुणस्तरको प्रमाण हो । ग्राहकहरुको साथ सपोर्टले हामीलाई ब्रदर,कोनिका मिनोल्टाजस्ता कम्पनीले गरेको विश्वास पनि कायम रहन्छ ।’
यसपटकको एक्स्पोमा ग्रुपले एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाएको थियो । क्युआर कोड प्रणालीमार्फत् अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर पनि राखेको थियो ।
यसका साथै आगमन गर्ने मानिसहरुलाई समयअनुसारकै खाजा तथा खानाको पनि व्यवस्था मिलाएको व्यवसाय विकास प्रबन्धक लामा बताउँछन् । व्यवसाय विकास प्रबन्धक लामाले भने,‘बिहान आउनेहरुलाई ब्रेकफास्ट, त्यसपछि आउनेहरुलाई खाना तथा दिउँसो आउनेहरुलाई खाजाको व्यवस्था गरेका थियौँ । हामीले ग्राहकहरुको साथले नै सागर ग्रुपको उचाई बढेको अनुभव गरी उहाँहरुलाई सहजता बनाउने प्रयास गरेका थियौँ ।’उनले भने ।
सूचना प्रविधि क्षेत्रमा लगातार तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले एक्स्पोमार्फत् प्रविधि बजारमा आफ्नो स्थान अझै अगाडि बढाउन सफल भएको छ ।
प्रतिक्रिया