जनयुद्ध दिवसको अवसरमा ककनी गाउँपालिकाले दियो सार्वजनिक बिदा

बुधबार, ३० माघ २०८१, २० : ४९

नुवाकोट - ककनी गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बिहीबार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

यही २८ गते बसेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो । बुधबार गाउँपालिका अध्यक्ष सुमन तामाङ र प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले संयुक्त रुपमा एक सूचना जारी गर्दै बिहीबार गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

ce94347c-a1d5-483d-a5af-d0981dc10d8d

बुधबार, ३० माघ २०८१, २० : ४९

प्रतिक्रिया