काठमाडौं - काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो मातहतका सम्पूर्ण शाखा प्रमुख, क्लष्टर प्रमुख र प्रदेश प्रमुखहरूलाई लक्षित गरी ‘गुणस्तरीय कर्जा लगानी तथा जोखिम व्यवस्थापन’ सम्बन्धी तालिम सम्पन्न गरेको छ। संस्थाले सोही दिन दोस्रो त्रैमासिक समीक्षा कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ।
संस्थाले देशभरि चार चरणमा तालिम कार्यक्रम सञ्चालन गरेको हो। तालिमका विभिन्न चरणहरू मधेश प्रदेशको बर्दिबास, कोशी प्रदेशको विराटनगर, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका शाखाहरूको लागि कोहलपुर, र बागमती तथा गण्डकी प्रदेशका लागि धुलिखेलमा सम्पन्न भएका छन्।
कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ। यी कार्यक्रमहरूमा २२५ शाखा प्रमुख, २५ क्लष्टर प्रमुख र सबै प्रदेश प्रमुखहरू सहभागी थिए। चारवटै तालिम कार्यक्रमहरूमा वरिष्ठ प्रशिक्षक र लघुवित्तकर्मी प्रकाश राज शर्माले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
तालिम र समीक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन संस्थाका संचालक, अध्यक्ष, पूर्व अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, नायब कार्यकारी प्रमुख, सहायक कार्यकारी प्रमुख र विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
यसैबीच, संस्थाले लेखापरीक्षण र अनुगमनमा संलग्न कर्मचारीहरूका लागि विराटनगरमा 'ुलेखापरीक्षण सम्बन्धी विशेष तालिम' पनि सम्पन्न गरेको छ। संस्थाले आगामी दिनहरूमा फिल्ड कर्मचारीहरू र ग्राहक सदस्यहरूलाई लक्षित गरी विभिन्न चरणबद्ध कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले जानकारी दिए।
प्रतिक्रिया