शानदार मःम पसलको ग्यास विस्फोटमा परेका थप एक जनाको मृत्यु

शुक्रबार, ०२ फागुन २०८१, १७ : ००

काठमाडौं - कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ  । तामाङ उदयपुरको गढी गाउँपालिका–७ का स्थानीय हुन् । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।  

यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेले ज्यान गुमाएका थिए । दुर्घटनामा परेका ८ जनाको कीर्तिपुरमा उपचार हुँदैछ ।

शुक्रबार, ०२ फागुन २०८१, १७ : ००

प्रतिक्रिया