महालेखाको प्रतिवेदन

पोखरा महानगरमा नीतिगत भ्रष्टाचार : ३ अर्ब ५ करोड बेरुजु, करारमा कर्मचारी भर्ना गरी १३ करोड ९४ लाख खर्च

शुक्रबार, ०२ फागुन २०८१, २२ : २३

काठमाडौं-महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले पोखरा महानगरमा नीतिगत भ्रष्टाचार व्याप्त रहेको देखाएको छ । महालेखाले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार पोखरा महानगरमा आफूखुसी करारमा कर्मचारी भर्ना गरेर करोडौं खर्च गरेको देखिएको छ भने बेरुजु पनि सोही अनुपातमा रहेको छ । 

मेयर धनराज आचार्यले कार्यभार सम्हालेदेखि महानगरमा आर्थिक अपारदर्शिता बढेको हो । उनको कार्यकालमा ३ अर्ब पाँच करोड ५० लाख २९ हजार बेरुजु देखिएको हो ।  बेरुजु पनि एक प्रकारको भ्रष्टाचारजन्य कार्य हो । यसमा खर्च भएको रकम बिल भर्पाइबाट पुष्टि भएको हुँदैन । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ ले यसलाई स्पष्ट ढंगले आर्थिक अनियमितताको रुपमा ब्याख्या गरेको छ । 

जस अनुसार ‘बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमितता वा बेमनासिव तरिकाले आर्थिक कारोबार भनी लेखा परीक्षण गर्दा औंल्याइएको वा ठहर्याइएको कारोबार सम्झनुपर्छ ।’, भनी उल्लेख छ ।

मेयर आचार्यको कार्यकालमा पोखरा महानगरमा बेरुजुले हद नाघेको छ भने स्थानिय तह सरकार संचालन ऐन विपरीत आफूखुसी कर्मचारी भर्ना गरेर आर्थिक भार समेत उनले बढाएका छन् । उनले आर्थिक वर्ष ८०/८१ मा उनले मनलाग्दी दरबन्दी सिर्जना गरेर ३८४ पदमा कर्मचारी भर्ना गरेका छन् । जसमा मात्रै १३ करोड ९४ लाख ४१ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

स्थानिय तह सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) बमोजिम नगरप्रहरी सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्टिीसियन, चौकिदार, माली र बगैँचे लगायत पदमा करारबाट सेवा लिन सकिने व्यवस्था छ ।

शुक्रबार, ०२ फागुन २०८१, २२ : २३

प्रतिक्रिया