काठमाडौं- विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ओपनएआई किन्न गरेको प्रस्ताव कम्पनीले अस्वीकार गरेको छ।
शनिबार कम्पनीका अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डको तर्फबाट सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै कम्पनी विक्रीका लागि नभएको स्पष्ट पारेका हुन्।
‘ओपनएआई विक्रीको लागि छैन र बोर्डले आफ्नो प्रतिस्पर्धीलाई बन्द गर्ने मस्कको पछिल्लो प्रयासलाई सर्वसम्मतिले अस्वीकार गर्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैर-नाफामुखी संस्था र एजीआई मार्फत मानवतालाई फाइदा पुर्याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ।’
एलोन मस्कले यस हप्ताको सुरुमा ओपनएआई किन्न प्रस्ताव गरेका थिए। यसका लागि उनले ९७.४ ट्रिलियन अमेरिकी डलर प्रस्ताव गरेका थिए। यद्यपि, मस्कको प्रस्तावलाई ओपनएआईका मालिक तथा च्याटजीपीटीका सीईओ साम अल्टम्यानले अस्वीकार गर्दै उल्टै एक्स किन्ने प्रस्ताव राखेका थिए।
उनले भनेका थिए, ‘होइन, धन्यवाद। तर यदि तपाईं चाहनुहुन्छ भने, हामी ट्विटरलाई ९.७४ बिलियन डलरमा किन्छौँ।’
अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरू गरे पनि पछि केही मतभेदका कारण मस्कले कम्पनी छोडेका थिए। अहिले मस्कले कम्पनी किन्न चाहेका हुन् । -एजेन्सी
प्रतिक्रिया