काठमाडौं- पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
शनिबार पोखरा महानगरले आयोजना गरेको पोखरा भ्रमण वर्ष घोषणा समारोहलाई उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेल बेलुन पड्किँदा घाइते भएका थिए । अर्थमन्त्री पौडेललाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो ।
समारोह उद्घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेल स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि घाइते भएका हुन् । उनीसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि घाइते भएका छन् ।
दुर्घटनापछि अर्थमन्त्री पौडेललाई शुरूमा गण्डकी अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि सिम्रिक एअरको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको हो ।
अर्थमन्त्री विष्णुसँगै पोखराका मेयर आचार्य पनि कीर्तिपुर बर्न अस्पताल भर्ना भएका छन् ।
प्रतिक्रिया