आइतबार लुम्बिनी प्रदेशसभाको नवौं बैठक बस्ने

शनिबार, ०३ फागुन २०८१, १६ : ३८

काठमाडौं- लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठक आइतबार बस्ने भएको छ । 

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएको हो । 

जारी सूचनामा प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको उल्लेख छ । प्रदेशसभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।

लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन् । ओलीको सम्बोधनपूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो । आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने बताइएको छ ।

प्रदेशसभामा सम्बोधनका लागि माघ २५ गते सभामुख घर्तीले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् निमन्त्रणा गरेका थिए । त्यही निमन्त्रणाअनुसार प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका हुन् ।

शनिबार, ०३ फागुन २०८१, १६ : ३८

प्रतिक्रिया