सूचना अभियन्ताले मर्यादा कायम गर्नुपर्छ : प्रमुख सूचना आयुक्त आचार्य

शनिबार, ०३ फागुन २०८१, १९ : १०

काठमाडाैं– सूचना अभियन्ताले मर्यादा र जिम्मेवारीपूर्वक सूचनाको माग र प्रयोग गर्नुपर्छ भन्नेमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले जोड दिएका छन्। सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा हेटौँडामा आयोजित ‘सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उनले सूचनाको गोपनीयता र वर्गीकरणको महत्त्वलाई रेखाङ्कन गरे।

“सूचनालाई दिने वा नदिने गरी वर्गीकरण गरिन्छ। मागकर्ताले सूचना के प्रयोजनका लागि मागेको हो, स्पष्ट पार्नुपर्छ। सबै सूचना माग गर्दा पनि उपलब्ध नहुन सक्छ,” उनले भने।

सूचना मागको नाममा भइरहेका विकृति र गलत नियतलाई अन्त्य गर्न आयोग थप सक्रिय रहेको उनले बताए। “पत्रकारिताको नाममा ब्ल्याकमेलिङ गर्ने प्रवृत्ति छ। बदनाम व्यक्तिले अभियन्ताको आवरणमा सम्मान पाउँदा आयोगमाथि प्रश्न उठेका थिए। अब यस्तो हुँदैन। हामी सञ्चारक्षेत्रबाटै आएका हौँ, पत्रकारलाई के का लागि सूचना आवश्यक पर्छ भन्ने राम्रोसँग बुझ्छौँ,” आचार्यले भने।

महासङ्घका अध्यक्ष उमिदप्रसाद बागचन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४० भन्दा बढी जिल्लाका सूचना अभियानकर्मी तथा महासङ्घका प्रतिनिधिको उत्साहजनक उपस्थिति थियो।

शनिबार, ०३ फागुन २०८१, १९ : १०

प्रतिक्रिया