‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक : एक्सन र थ्रिलरको नयाँ परिभाषा !

आइतबार, ०४ फागुन २०८१, ०६ : ५९

काठमाडाैं- चलचित्र निर्देशनमा नयाँ नाम थपिएका छन्- रङ्ग संयोजनमा एक दशकदेखि सक्रिय जुनिम गहतराज। अब, उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह छाएको छ।

नवविवाहित जोडीको पहिलो सन्तानको स्वागतको खुसीमा आउने अप्रत्याशित घटनाक्रमको कथा बोकेको यस चलचित्रलाई निर्देशक गहतराजले पारिवारिक परिवेशसँगै ‘एक्सन थ्रिलर’ को नयाँ ढाँचामा प्रस्तुत गरेका छन्। उनले भने, “रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा पाइला टेके पनि निर्देशन मेरो सानैदेखिको सपना थियो। अब, दर्शकलाई नेपालमा प्रचलित कथानकभन्दा केही भिन्न स्वाद दिने प्रयास गरेको छु।”

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डे लगायतका प्रतिभाशाली कलाकारहरूले अभिनय गरेका छन्। यस चलचित्रलाई हरि घले लामाले जीवन्त छायाङ्कन दिएका छन् भने, सम्राट बस्नेतको द्वन्द्व निर्देशनले एक्सन दृश्यहरूलाई अझ रोमाञ्चक बनाएको छ। सुशान्त गौतमको सङ्गीत, कोबिद बज्रको पाश्र्वसङ्गीत तथा अनिरुद्ध आत्रेय र हुसेनद्वारा रचित पटकथाले चलचित्रलाई अझ आकर्षक बनाएको छ।

‘ताण्डवम्’ ले नेपाली सिनेमा उद्योगमा नयाँपनको स्वाद दिने अपेक्षा गरिएको छ। एक्सन र थ्रिलरका पारखीहरूको लागि यो चलचित्र विशेष हुने विश्वास गरिएको छ। अब, दर्शकलाई कुर्न बाँकी छ- के यो चलचित्रले नेपाली सिनेमा क्षेत्रमा नयाँ उचाइ स्थापित गर्न सक्ला?

आइतबार, ०४ फागुन २०८१, ०६ : ५९

प्रतिक्रिया