पाथीभरा क्षेत्रमा हिमपात : चिसो बढ्दा धार्मिक पर्यटकको आकर्षण थपिँदै

आइतबार, ०४ फागुन २०८१, ०८ : ५९

काठमाडाैं- ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा गएराति सामान्य वर्षासँगै हिमपात भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यसअघि पुस र माघमा पनि दुई पटक हिमपात भएको थियो।

३,७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा हिउँ परेसँगै चिसो बढेको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले हिउँदे मौसममा पाथीभरा क्षेत्रमा हिमपात भएपछि आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए।

यता, यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा गहुँ, जौ, आलुजस्ता हिउँदे बालीनाली फस्टाउन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। हिमपातले पर्यटक आकर्षण बढाए पनि कृषि क्षेत्रमा भने प्रतिकूल असर परेको छ।

आइतबार, ०४ फागुन २०८१, ०८ : ५९

प्रतिक्रिया