हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

आइतबार, ०४ फागुन २०८१, १० : १५

काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले यही फागुन २७ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। 

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
 

आइतबार, ०४ फागुन २०८१, १० : १५

प्रतिक्रिया