काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय चापाघाट तनहुँले संस्थामा आबद्ध सदस्यहरूलाई सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आधारभूत क्रिष्टल तथा चुरापोते बनाउने सिपमूलक तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
उक्त तालिम फागुन १ गते देखी फागुन २ गतेसम्म सञ्चालन भएको हो ।उक्त तालिममा विभिन्न वडाहरूका गाउटोलमा बसोबास गर्दै आएका २७ जना महिला दिदीबहिनीहरुको सहभागिता थिए । तनहुँ उद्योग वाणिज्य संघ तनहुँको हलमा सञ्चालित उक्त कार्यक्रममा प्रशिक्षक रविना रीजालले महिला दिदीबहिनीहरूलाई सिप सिकाएका थिए ।
राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले नेपालभरका आफ्ना सदस्यहरूलाई विभिन्न समयमा विविध किसिमका सीपमूलक तालीम तथा सामाजिक क्षेत्रमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि व्यास २ का वडा सदस्य सुरेश वाग्ले द्वारा उद्घाटन भएको थियो भने सभापतीत्व व्यास १० की वडा सदस्य खीरमाया विक ले गरेकी थिइन् । शाखाका शाखा प्रबन्धक सुशिला विक तथा कर्मचारीहरूद्वारा तालिमको व्यवस्थापन गरेका थिए ।
समापनमा सदस्यहरूले सिकेको सिपलाई व्यवहारमा लागु गरी आम्दानीका श्रोतहरू वृद्धि गर्न उत्प्रेरित भई कार्य गर्न सुझाव दिँदै संस्थाका अनुगमन अधिकृत प्रकाश लामिछाने द्वारा सबै सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
साथै समापनका क्रममा वडा न १० की वडा सदस्य खीरमाया विकले हामी महिला दिदीबहिनीहरु असल मार्गमा अगाडी बढी आफू र आफ्नो परिवार सुन्दर बनाउन फुर्सदका समयमा सिकेका सिपहरूलाई व्यवहारमा लागु गरी अगाडी बढ्नुपर्ने बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरिन् ।
प्रतिक्रिया