धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

आइतबार, ०४ फागुन २०८१, १३ : ००

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ ।

 संस्थाले शनिवार स्थानीय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो । सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्व संचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । 

यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।
 

आइतबार, ०४ फागुन २०८१, १३ : ००

प्रतिक्रिया