खोटाङको हलेसी बजारमा भीषण आगलागी, ग्यास पसलबाट सुरु भएको आगो नियन्त्रण बाहिर

आइतबार, ०४ फागुन २०८१, २१ : १७

काठमाडाैं- खोटाङको प्रसिद्ध हलेसी बजारमा भीषण आगलागी भएको छ। पदम राईको ग्यास पसल रहेको घरबाट सुरु भएको आगो क्षणभरमै नियन्त्रण बाहिर पुगेको छ। स्थानीय सयन्द्र राईका अनुसार खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगलागी सुरु भएको हो।

स्थानीयवासी र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन्। तर, पानीको अभावका कारण आगो निभाउन कठिनाइ भइरहेको छ। आगलागी प्रभावित क्षेत्रमा ग्यास सिलिन्डर पसलसमेत रहेका कारण विस्फोटको जोखिम बढेको छ, जसले गर्दा आगो अरु घरमा फैलिने सम्भावना रहेको बताइएको छ।

सोही घरमा हार्डवेयर पसलसमेत रहेका कारण ठूलो आर्थिक क्षति हुने आँकलन गरिएको छ। आगलागीलाई नियन्त्रणमा लिन थप दमकल र सहयोग आवश्यक रहेको स्थानीयले बताएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

आइतबार, ०४ फागुन २०८१, २१ : १७

प्रतिक्रिया