नर्भिकले फागुनभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने

सोमबार, ०५ फागुन २०८१, १० : ३५

काठमाडौं- नर्भिक इन्टरनेशनल अस्पतालले फागुन महिनाभर हरेक बुधबार निःशुल्क लिभर ओपीडी सञ्चालन गर्ने भएको छ ।

निःशुल्क लिभर ओपीडीमा कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट, क्लिनिकल एण्ड ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा.शेखर पौडेल र कन्सल्ट्यान्ट हेपाटोलोजिस्ट डा. पुकार थापाले सेवा दिनेछन् । निःशुल्क ओपीडीमा आउने बिरामीलाई डाक्टरद्वारा सिफारिस गरिएका परीक्षणमा २० प्रतिशत छुट हुने पनि अस्पतालले जनाएको छ ।

सेवा लिनका लागि अस्पतालको फोन नम्बर ०१–५९७००३२ तथा ह्वाट्स एप एवं भाइबर नम्बर ९७७–९८२३८८४४८८ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

सोमबार, ०५ फागुन २०८१, १० : ३५

प्रतिक्रिया