स्वारेजको गोलमा उरुग्वेको जित

शनिबार, २५ जेठ २०७६, १२ : २७

एजेन्सी – कोपा अमेरिका कपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा उरुग्वेले पानामालाई ३–० गोलले पराजित गरेको छ ।

शनिबार बिहान भएको एकपक्षीय खेलमा उरुग्वेको जितमा म्याक्सिमिलियानो गोमेजले १९औं मिनेटमा खाता खोले ।

लुईस स्वारेजले ६९औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै उरुग्वेका अग्रता दोब्बर बनाए । फेडरिको भाल्भार्डेले ७९आंै मिनेटमा गोल गर्दै उरुग्वेलाई सजिलै जिताएका थिए ।

कोपा अमेरिकाका उरुग्वले जुन १६ मा इक्वेडरसँग पहिलो खेल खेल्नेछ ।

शनिबार, २५ जेठ २०७६, १२ : २७

प्रतिक्रिया