अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज हुँदै, मेयर अचार्यको भने थप उपचार आवश्यक

सोमबार, ०५ फागुन २०८१, १२ : ०२

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । पोखरा महानगरपालिकाका  प्रमुख धनराज आचार्यको भने थप उपचार आवश्यक भएकाले अस्पतालमै राखेर उपचार गर्न आवश्यक रहेको अस्पतालले जनाएको छ ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका थिए।

सोमबार, ०५ फागुन २०८१, १२ : ०२

प्रतिक्रिया