काठमाडौं- जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको मोडल आइएक्स-३ ले नेपाली बजारमा सफलता प्राप्त गरेको लक्ष्मी प्रिमियम मोटर्सले बताएको छ । नेपालमा सन् २०२३ मा लन्च भएको यो मोडलले दुई वर्षमा नै प्रयोगकर्ताको मन जित्न सफल भएको हो ।
लक्ष्मी प्रिमियम मोर्टस बीएमडब्लुको ब्रिकेता कम्पनीमा ब्रिकी प्रबन्धक रहेका मिर्नाल लाभले बीएमडब्लुको आइएक्स-३ पूर्ण रुपमा ब्याट्री इलेक्ट्रिक सवारी रहेको बताउँदै इलेक्ट्रिकको मार्केटमा ट्रेन्ड बढ्दै जाँदा ग्राहकहरुको आकर्षणमा परेको यो गाडीले छोटो समयमा नै सफलता हासिल गरेको बताए ।
निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा रहेको छ । यसमा ५.० इ-ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परिक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा सून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।
लक्जरी इन्टेरियर, डिजिटल ड्यासबोर्ड, प्रिमियम सिट तथा हाई-टेक इन्फोटेनमेन्ट प्रणाली यसका मुख्य आकर्षण हुन् । एडभान्स सेन्सर, अटोमेटिक ब्रेकिङ सिस्टम, लेन असिस्ट र अडाप्टिभ क्रुज कन्ट्रोल जस्ता प्रविधिहरू यसमा समावेश छन् ।
यसमा भएको ३६० डिग्रीको क्यामेराले अझै बढी आकर्षक बनाएको छ । जुन क्यामेरा स्क्रिनमा नछोई पनि गे्रयरबाट नै चेन्ज गरेर हेर्न सकिन्छ । साथै यसमा अटोमेटिक पार्किङको सुविधा पनि भएको लाभले बताए । उनका अनुसार दुईवटा गाडीहरुको बिचमा रहेको सानो ठाउँ छ भने आफूले केही गर्न पर्दैन, गाडी अटोमेटिक पार्किङ हुन्छ । यो गाडीको युनिक फिचर हो । गाडीमा एसी र डिसी गरी दुई किसिमको चार्जिङ अप्सन रहेको छ ,जसमा टाइप-२ सीसीएसको पोर्ट प्रयोग हुन्छ । जुन जुनसुकै ठाउँमा पनि सजिलोगरी उपलब्ध हुन्छ ।
१६ वटा स्पीकर भएको लक्जियर्स गाडीमा ड्राइभिङ गरेको बेलामा वायरलेस कनेक्सन गर्न सकिने फिर्चस छ भने गाडीको अगाडीको सिसामा नै म्याप वा फोनमा आउने कलहरु हेर्न सकिनु यसको विशेष विशेषता हो । व्यावसायिक व्यक्तित्वका लागि र आफ्नो फेमिलीको लागि आइएक्स–३ उपर्युक्त हुने देखिन्छ । यसमा ५ जनाले सजिलो यात्रा गर्न सक्छन् ।
यसमा जेनेरेजन-५ को लिथेम आयन ब्याट्री प्रयोग भएको हुन्छ, यसको रेन्ज धेरै हुने हुनाले सुरक्षालाई अझै मजबुत बनाएको छ । मिर्नाल लाभले बीएमडब्लुले ब्याट्रीमा ८ वर्ष तथा १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको बताए । यसको कारणले पनि बजारमा लक्जरी सेक्टरमा बीएमडब्लुको आइएक्स-३ बढी रुचाईएको उनको भनाई छ ।
आइएक्स–३ को ग्राउन्ड क्लियर्स १९१ एमएम रहेको छ भने सर्ट ओभरह्याङ भएको कारणले यसले नेपालका सबै बाटोमा चलाउँदा भुँईमा छुने समस्या यसमा छैन । यसको कलर र बनेको डिजाइनले अरु गाडीभन्दा भिन्न देखाउँछ भने चलाउदा पनि छुट्टै किसिमको सुरक्षित महसुस हुन्छ ।
गाडीको स्पीड बढी भएको समयमा कसैले बाटो काट्दै छ भने वा कुनै साधन आउँदै छ भने वार्निङ दिने र स्पीड सोही अनुरुपमा झार्दिने हुँदा दुर्घटना हुनबाट जोगाउने हुँदा यसको प्रयोगमा ग्राहकहरु बढी आकर्षित भएका छन् ।
प्रतिक्रिया