दाङ पुगे प्रधानमन्त्री ओली

सोमबार, ०५ फागुन २०८१, १३ : २९

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली दाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा दाङको देउखुरी पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सोमबार, ०५ फागुन २०८१, १३ : २९

प्रतिक्रिया